विराटनगर । उपचार गराउन भोजपुरबाट इटहरी झरेकी पबीमाया बयलकोटीको ज्वाइँले हत्या गरेका छन् । छोरीसँग झगडा गरेपछि सम्झाउन खोज्दा बयलकोटीका ज्वाइँले हत्या गरेका हुन् । बयलकोटीको ज्वाँ गणेश साह ज्वाइँ गुप्ताले ट्युबलेको हेण्डलले हिर्काएर हत्या गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । 
मोरङको बाहुनी घर भएर इटहरीमा  आएका गणेश साह गुप्ताले डेरामा बस्दै आएका थिए । उपचार गर्न इटहरी झरेकी बयलकोटी आइतबार साँझ साहको डेरामा गएकी थिइन् ।  बयलकोटी एक साताअघि उपचार गराउन भोजपुरको दिङ्लाबाट इटहरी आएकी थिइन् ।
श्रीमानसहित उपचाकालागि इटहरी आएकी बयलकोटी इटहरी जनता बस्तीमा घर भएकी अर्की छोरीको घरमा बस्दै आएकी थिइन् । सोमबार घर फर्किने तयारी भएकाले आइतबार साहको डेरामा पुगेका बेला छोरी ज्वाइँको झगडा भएको थियो । छोरी ज्वाइँका बिचमा झगडा भएपछि बयलकोटीले ज्वाइँलाई झगडा नगर्न भन्दै सम्झाएकी थिइन् । सम्झाउने क्रममा घर फर्किने अघिल्लो राति नै ज्वाइँले पानी तान्ने ट्युबलेको हेण्डलले टाउकामा हानेर उनको हत्या गरेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । सासूको हत्या गर्ने गणेशलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।