सुनसरी । लेटाङ एडभान्स हस्पिटलले ज्येष्ठ नागरिकलाई लक्षित गरी नयाँ कार्यक्रम अघि सारेको छ ।
सामाजिक उत्तर दायित्व अन्तर्गत ज्येष्ठ नागरिकको सम्मान स्वरूप १० जना ज्येष्ठ नागरिकहरूलाई एक वर्षसम्म निःशुल्क स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराइने अस्पतालका सञ्चालक ईश्वर शाक्यले बताए ।
लेटाङ एडभान्स हस्पिटलको आयोजनामा आज सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरका अवसरमा १० जना ज्येष्ठ नागरिकलाई सम्मान गर्दै सम्मान स्वरूप १ वर्ष सम्म निःशुल्क स्वास्थ्य परीक्षण गरिने शाक्यले बताए ।
मङ्गलवार आयोजित निःशुल्क स्वास्थ्य शिविरमा २ सय ९२ जना सेवाग्राहीले स्वास्थ्य सेवा लिएका छन्।
शिविरमार्फत एक्स–रे सेवा, ल्याब सेवा, आँखा जाँच लगायतका सेवा सेवाग्राहीले सेवा लिएका छन्।
लेटाङ एडभान्स हस्पिटलले आगामी दिनमा समेत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न स्वास्थ्य सेवा प्रदान गर्ने सञ्चालक शाक्यले बताए ।

















