सुनसरी । अन्तर्राष्ट्रिय आमन्त्रण प्रथम गछिया गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम सेमिफाइनलमा आज इटहरीको राष्ट्रिय जागृति क्लब र आयोजक गछिया युवा समाजबिच प्रतिस्पर्धा हुदैछ ।
खेल मोरङको सुन्दरहरैचास्थित गछिया बजार मैदानमा दिउसो २ बजे हुनेछ ।
यसअघि हिजो भएको पहिलो सेमिफाइनल खेलमा सिरहाको सहलेस फुटबल क्लबलाई पराजित गर्दै गाईघाट युनाईटेडले अन्तिम दुईमा स्थान सुरक्षित गरिसकेको छ ।
आज हुने दोस्रो तथा अन्तिम सेमिफाइनलमा विजेताले गाईघाट युनाईटेडसंग मङ्सिर २२ गते फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
फाइनल खेलको विजेताले २ लाख १ हजार र उपविजेताले १ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछ ।

















