सुनसरी । मानव अधिकार तथा शान्ति समाज सुनसरीले राम जानकी शान्ति बृद्धाश्रममा आश्रय लिँदै आएका वृद्ध आमाहरुलाई खाद्यान्न सामाग्री प्रदान गरेको छ ।
इटहरी १७ मा रहेको श्री राम जानकी शान्ति बृद्धाश्रमले सन्तान तथा परिवारबाट वेघर भएका वृद्ध आमाहरुलाई आश्रय प्रदान गर्दै आएको छ ।
बृद्धाश्रममा बस्दै आएका १५ जना आमाहरुलाई शान्ति समाजले आज खाद्यान्न सामाग्री उपलब्ध गराएको हो ।
आफ्नो वार्षिकोत्सवको अवसरमा चामल, चिनी र दाल लगायतका खाद्यन्न सहयोग गरिएको शान्ति समाजका जिल्ला सभापति रोबनराज कार्कीले जानकारी दिए । साहित्यकार टीका आत्रेयको प्रमुख आतिथ्यतामा उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।
यस्तै शान्ति समाजले इटहरीको टेङ्ग्रा खोलाको किनारमा गरीव तथा पिछडिएका समूदायका बालबालिकालाई निःशुल्क पढाउदै आएका चन्द्र भण्डारीलाई नगदसहित सम्मान गरेको छ । समाजले भण्डारीलाई नगद सात हजार एक रुपैयाँ प्रदान गरेको हो ।
भण्डारीले लामो समय देखी खोला किनारमा निःशुल्क बिहान र बेलुका पढाउँदै आएका छन् ।

















