सुनसरी । पाँचथर क्लब पाँचथर दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण पथरी शनिश्चरे गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आज भएको तेस्रो क्वाटर खेलमा सङ्कटा क्लब काठमाडौँलाई १–० गोल अन्तरले हराउँदै पाँचथरले सेमिफाइनलको यात्रा तय गरेको हो ।
पाँचथरका लागि एक मात्र निर्णायक गोल खेल सुरु भएको दुई मिनेटमा विशाल घलानले गरे ।
घलानले क्याप्टेन रोशन आङ्म्वेको पासमा गोल गरेका थिए ।
खेलको म्यान अफ दि म्याच घलान घोषित हुँदै नगद ५ हजार प्राप्त गरे ।
भोलीको खेल न्युरोड टिम एनआरटि र झापा ११ बिच हुनेछ ।
प्रतियोगिता कार्तिक २२ गते सम्म सञ्चालन हुने छ ।
प्रतियोगिताको विजेताले नगर ५ लाख र उपविजेताले २ लाख ५० हजार प्राप्त गर्ने छ ।

















