सुनसरी । स्टोन स्किपिङ च्याम्पियनसिप (पानी सुल्के प्रतियोगिता) मा राहुल लिम्बूले लगातार तेस्रो पटक जित निकालेका छन् । 

सुनसरीको वराहक्षेत्रस्थित अमाह सिमसारमा आयोजित च्याम्पियनसिपमा २७ पटक ढुङ्गा उफार्दै तेस्रो संस्करणको समेत विजेता बन्दै राहुलले नगद २५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरे । 

पहिलो र दोस्रो संस्करणको विजेता बनेका उनले सोमबार आयोजित प्रतियोगितामा १ सय १७ प्रतिस्पर्धीलाई उछिनेका थिए । 

२५ पटक स्किप गरेका (पानीमा ढुङ्गा उफारेका) भोजपुरका मनिष राई दोस्रो बने । उनले नगद १५ हजार रुपैयाँसहित ट्रफी, प्रमाणपत्र प्राप्त गरे ।