सुनसरी । भारतसँग ६२ किलोमिटर सीमा जोडिएको सुनसरीको सीमावर्ती क्षेत्रका विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ ।
‘सीमावासीसँग सशस्त्र प्रहरी’ नामक अभियान अन्तर्गत सीमावर्ती क्षेत्रका चार वटा विद्यालय तथा मदरसामा अध्ययनरत ७० जना विपन्न बर्गमा विद्यार्थीलाई स्कुल ब्याग तथा शैक्षिक सामाग्री वितरण गरिएको हो ।
सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुर र बिओपि श्रीपुरको संयुक्त आयोजना तथा सशस्त्र प्रहरी बल, नेपाल नं. ४ गण हेड क्वाटर सुनसरीको सहकार्यमा भएको कार्यक्रमले सीमावासी र सशस्त्र प्रहरीबिच सम्बन्ध अझै प्रगाढ हुन सहयोग पुर्याएको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले बताउनुभयो ।