सुनसरी । पूर्वको प्रमुख पर्यटकीय गन्तव्य मानिएको सुनसरीको बर्जू ताल संरक्षणको अभावमा कुरूप देखिएको छ ।
बर्जू गाउँपालिका–६ मा रहेको बर्जू तालको संरक्षणमा स्थानीय तह तथा प्रदेश सरकारले चासो नदिँदा यो ताल कुरूप बनेको हो ।
धार्मिक पौराणिक महत्वको रूपमा रहेको पर्यटकीय स्थल बर्जुताल संरक्षणमा तीनै तहको सरकारबिच समन्वय नहुँदा ताल फोहर तथा दुर्गन्धले भरिएको छ । ताल तथा आसपासमा फोहर तथा बनेका संरचना तोडफोड तथा झारपातले अस्तव्यस्त बनेको छ ।
पछिल्लो समय यसको संरक्षण तथा सरसफाइमा ध्यान नदिँदा जलचरहरूको सङ्ख्यामा समेत कमी आउन थालेको छ ।
यो तालमा बर्सेनि साइबेरियाबाट विभिन्न प्रजातिका चराहरू आउने गर्छन् ।
एक सय ५१ निगाह बढी क्षेत्रफलमा फैलिएर रहेको बर्जुताललाई प्रदेश सरकारले प्रमुख पर्यटकीय गन्तव्य बनाएर काम गर्ने बताए पनि अहिलेसम्म काम सुरु हुन सकेको छैन ।