सुनसरी । नेपाली सेनाको सङ्गठनात्मक स्वरूप, जिम्मेवारी तथा भूमिका एवं मुख्य गतिविधिहरूको बारेमा जानकारी दिने उदेश्वले कोसी प्रदेशमा रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कोसी प्रदेशका १४ जिल्लाका २३ सञ्चारकर्मी सहभागी कार्यक्रममा नेपाली सेनाले गरेको विपद प्रतिकार्य एवं समसामयिक विषयहरूमा जानकारी गराइएको थियो ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयको आयोजनामा चार दिनसम्म भएको उक्त कार्यक्रममा पूर्वी पृतना इटहरी मार्फत भएका विकास निर्माणको समेत स्थलगत अनुगमन गराइएको थियो ।
कार्यक्रमको समापन गर्दै पूर्वी पृतनाका पृतनापति उपरथी गौरवकुमार केसीले कार्यक्रमबाट सञ्चार जगत् नागरिक र सैनिक सम्बन्ध विस्तारमा सहयोग पुग्ने बताए ।