सुनसरी । गत शनिवार र आइतबार आएको अविरल वर्षाको कारण सुनसरीमा ब्यवशायिक केरा खेती गरेका किसानले ठुलो नोक्सानी ब्योहोर्नुपरेको छ । केरा खेतीका लागि उर्वर भूमि मानिएको कोसी र भोक्राहा नरसिंह गाउँपालिकामा बाढी तथा डुबानले बढी क्षति पुर्याएको छ ।
जमिन भाडामा लिएर बैङ्कबाट ऋण काढेर गरिएको केरा खेती नष्ट भएपछि किसान चिन्तित बनेका छन् ।
सुनसरीमा व्यवसायी रूपमा केरा खेती गर्दै आएका किसान प्रत्येक वर्ष प्राकृतिक विपद्का बेलामा ठुलो क्षतिको सामना गर्नुपर्ने बाध्यता रहेको छ ।
यस वर्ष पनि शनिवार र आइतबार हावाहुण्डरीसगै आएको वर्षाले ठुलो नोक्सानी ब्योहोरेका किसानले क्षतिपूर्तिको माग गरेका छन् ।
जिल्लामा बाढीका कारण केरा खेती सहित कृषि क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन भइरहेको कृषि ज्ञान केन्द्र सुनसरीले जनाएको छ ।

















