सुनसरी । जेनजी आन्दोलन का क्रममा  कार्यालय ध्वस्त भएपछि सेवा स्थगित भएको यातायात व्यवस्था कार्यालय सवारी कोसीले निजी गाडी कम्पनी सँगको सेटिङमा नयाँ सवारी दर्ता गरेको छ ।
निजी व्यक्तिको घरमा कार्यालय खडा गरेर कार्यालयका प्रमुख बाबुराम लुइँटेलले  नयाँ सवारी दर्ता गरिदिएका हुन । उनले असोज ५ र ७ गते नयाँ सवारी दर्ता गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोसीले जनाएको छ ।  
भदौ २४ गते भएको आन्दोलनका क्रममा यातायात कार्यालय सुनसरीमा तोडफोड र आगजनी भएको छ । ।आगजनी पछि कार्यालयबाट काम गर्न सक्ने अवस्था छैन । सेवा सञ्चालन गर्न नसक्ने अवस्था पछि आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मातहतका सबै यातायात कार्यालयलाई सेवा रोक्न परिपत्र  गरेको छ । 
मन्त्रालयको परिपत्रलाई उलङ्घन गर्दै कार्यालय प्रमुख लुइँटेलले गाडी कम्पनीको स्वार्थका लागि सवारी दर्ता गरी दिएका हुन । 
दशैका बेला नयाँ सवारी साधन खरिद अत्यधिक हुने गर्छ ।  कार्यालयले सेवा दिन नसक्ने भएपछि कार्यालय प्रमुखसङको सेटिङमा नयाँ सवारी साधनको दर्ता गरिएको श्रोतले जनाएको छ ।  आन्तरिक मामिला तथा कानुन मन्त्रालय कोशीका अनुसार असोज ५ गते ५ सय र ७ गते १ सय चार पाङ्ग्रे र २ पाङ्ग्रे सवारीका साधन दर्ता भएको छ । मन्त्रालयका अनुसार दर्ता लाग्ने राजस्व भने जम्मा भएको छ ।
कुन कुन कम्पनीका कति नयाँ सवारी दर्ता भए भन्ने रुजु भई रहेको जनाएको छ । 
नयाँ सवारी दर्ता गर्न बैकमा राजस्व जम्मा भए पनि सवारी कार्यालयले सफ्टवेयरबाट अनुमति दिन पर्छ । नयाँ सवारी दर्ताका लागि यातायात व्यवस्था कार्यालय सवारी कोसीको युजर आइडी प्रयोग भएको देखिएको मन्त्रालयले जनाएको छ ।यातायात व्यवस्था कार्यालय सवारी सुनसरी कार्यालयका प्रमुख बाबुराम लुइँटेलले नयाँ सवारी दर्ता भएको स्वीकार गरे । उनले गाडी कम्पनीले बैकमा राजस्व जम्मा गरेका कारण नयाँ सवारी दर्ता भएको बताए । 
उनले सवारी दर्ता गर्ने यातायात व्यवस्था विभागको सफ्टवेयर रिम्स र मन्त्रालयको सफ्टवेयर भीआरएस प्रयोग भएको बताए । 
कहाँ बाट र कसले सफ्टवेयर सञ्चालन गरेको विषयमा चाहिँ भेटेर भन्ने बताए । उनले भने ,भोली दाजु भाइ बसेर कुरा गरौला । अहिले म घरमा छु ।
लुइँटेल यातायात व्यवस्था कार्यालय बिर्तामोडमा विवादमा तानिएपछि मन्त्रालय तानिएका थिए । 
केही महिना मन्त्रालयमा बसेपछि सवारी कार्यालय इटहरी आएका थिए । यस अघि यातायात व्यवस्था कार्यालय धनकुटामा रहँदा उनलाई मोस दलिएको थियो । आन्तरिक मामिला तथा योजना मन्त्री रेवती रमण भण्डारीले नयाँ सवारी दर्ता भएको जानकारी पाएको बताए । मन्त्रालयले आफू खुसी सवारी दर्ता गरेको जानकारी आएपछि जवाफ मागेको छ । यतायता व्यवस्था कार्यालयहरूलाई पत्र लेख्दै मन्त्रालयले कहाँ बाट के सेवा दिइएको हो र सेवा दिन कुन युजर आइडी प्रयोग भएको हो खुलाउन निर्देशन दिइएको छ ।