सुनसरी । विद्युतीय सवारीसाधन (ईभी) ब्रान्ड दिपलले इटहरीमा आफ्नो नयाँ ‘स्टेट अफ आर्ट’ शोरुम उद्घाटन गरेको छ ।

यस अवसरमा ग्राहकका लागि विभिन्न आकर्षक अफर सहित ४ दिने विशेष टेस्ट ड्राइभ र एक्स्चेन्ज कार्यक्रम पनि सुरु भएको छ । इटहरी उद्योग वाणिज्य संघ अध्यक्ष जीवन पराजुली, एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया र दिपल इटहरीका डिलर सर्ब मोटर्सका उत्कृष्ट भट्टराई तथा राधा ढकालले संयुक्त रूपमा अत्याधुनिक शोरुमको रिबन काटेर उद्घाटन गरेका हुन् ।

शोरुम उद्घाटनसँगै सर्ब मोटर्सले २० देखि २३ भदौसम्म चल्ने टेस्ट ड्राइभ र एक्स्चेन्ज कार्यक्रमको औपचारिक सुरुवात गरेको छ ।