सुनसरी । नेपाल लोकतान्त्रिक खेलकुद संघ कोसी प्रदेशको अध्यक्षमा विराटनगरका अभिषेक श्रेष्ठ सर्वसम्मत निर्वाचित भएका छन् ।
इटहरीमा सोमबार भएको पहिलो प्रदेश अधिवेशनले विराटनगरका श्रेष्ठको अध्यक्षमा २८ सदस्यीय समिति सर्वसम्मत निर्वाचित गरेको हो ।
अधिवेशनले उपाध्यक्षमा इटहरीका अनुरोध थापा क्षेत्री र मोरङका ओमप्रकाश मास्के निर्वाचित भएका छन् ।
सचिवमा विराटनगरका उद्धव अर्याल, सहसचिवमा खोटाङका सनम राई, ओखलढुङ्गाका विश्वराज राई, ताप्लेजुङका चन्द्र कुमार नाल्वो र झापाका दुर्बसा कार्की निर्वाचित भएका छन् भने कोषाध्यक्षमा संखुवासभाका शिव न्यौपाने निर्वाचित भएका छन् ।
सदस्यहरूमा सबैभन्दा बढी मोरङबाट ७ जना निर्वाचित भएका छन् ।
मोरङबाट सुभद्रा माझी, गणेश कार्की, बिनेस बस्नेत, दुर्गा श्रेष्ठ, ध्रुवप्रसाद सिग्देल, चन्द्र पराजुली र मधुसूदन मानन्धर निर्वाचित भएका हुन ।
झापाबाट मिरा काफ्ले, जेम्स लिम्बु र लक्ष्मी देवान, सुनसरीबाट सुसना खत्री र पूर्ण राई निर्वाचित भएका छन् ।
इलामबाट सुशीला गुरुङ, राजीव कडरिया र दीपिका थापा पनि सदस्यमा निर्वाचित भएका छन् ।
उदयपुरबाट मदन कुमारी कार्की र वीरेन्द्र मल्ल ठकुरी, धनकुटाका रोशनराज अमात्य र पाँचथरका वीरेन्द्र सुवाङ सदस्यमा सर्वसम्मत निर्वाचित भएका छन् ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ नेपाली काँग्रेसको भातृ संस्थाकोरुपमा मान्यता पाएको संस्था हो । खेल क्षेत्रमा भएको विकृति विसङ्गति अन्त्य गर्ने उद्देश्यका साथ २०७० सालमा देवेन्द्र कुमार शेरचनको अध्यक्षतामा नेपाल लोकतान्त्रिक खेलकुद संघको गठन भएको थियो ।
अहिले संघले सातै प्रदेश सहित जिल्ला र स्थानीय तहमा समेत सङ्गठन बिस्तार गरेर काम गरिरहेको संघका कोसी प्रदेश सल्लाहकार किशोर राईले जानकारी दिए ।