इटहरी । महिला पत्रकारहरूको साझा संस्था सञ्चारिका समूह सुनसरीले तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । जिल्लामा क्रियाशिल महिला पत्रकार, अन्य सञ्चारकर्मीहरुको सहभागितामा ती विशेष कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा पत्रकारिता क्षेत्रको अवस्थासँगै महिला पत्रकारहरुको भूमिका र शसक्तिकरणको विषयमा छलफल गरियो । साथै तीजको अवसरमा दर कार्यक्रम पनि रहेको थियो ।
कार्यक्रमकी प्रमुख अतिथी नेपाली काँग्रेस कोशी प्रदेश सहमहामन्त्री डा.प्रमीला गच्छदारले पुरातन विचारलाई बेवास्ता गर्दै सक्षम बन्ने बाटोमा महिला पत्रकारहरु लाग्नुपर्ने बताइन् ।
कार्यक्रममा बोल्दै गच्छदारले कोशी प्रदेश सभाबाट पत्रकारितालाई असर पर्ने कानुन पारित हुन लागेको प्रति सचेत गराउँदै उनले आफ्नो पार्टी नेपाली काँग्रेस प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको दाबी गरिन् ।
सञ्चारीका समूह सुनसरीकी अध्यक्ष रञ्जना पौडेलले लामो समयदेखि व्यावसायिक काममा व्यस्त रहेका पत्रकारबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिईन् ।
समुहकी महासचिव सविता पोख्रेल(ज्योति) ले कार्यक्रमले जिल्लामा क्रियाशिल पत्रकारहरूबीच एकता बढाउनुका साथै पत्रकारिताका मुद्दालाई थप सशक्त बनाउने सहयोग पुर्याृउने विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ सुनसरी अध्यक्ष सन्तोष काफ्ले, प्रेस युनियन अध्यक्ष ध्रुव ढकाल, माया घर नेपालकी सञ्चालिका सुभद्रा प्याकुरेल लगायतले पनि मन्तव्य दिएका थिए।