सुनसरी । तेस्रो संस्करणको सेभेन ए साइड फुटसल प्रतियोगितामा २८ वटा विद्यालयले प्रतिस्पर्धा गर्ने भएका छन् ।
इटहरीमा सोमवारदेखि हुने प्रतियोगितामा सुनसरीका २८ विद्यालयले सहभागिता जनाउने आयोजक अल स्पोर्टस कलेक्सनले शुक्रवार पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।
बालबालिकाको खेल सम्बन्धी कौशललाई विकास गर्ने उदेश्वले आयोजना हुने प्रतियोगिता दुई दिनसम्म चल्ने आयोजक संस्थाका अध्यक्ष विमल मगरले जानकारी दिए ।
प्रतियोगिताको विजेता टिमले नगद ४० हजार सहित आकर्षक शिल्ड र उपविजेताले नगद २० हजार रुपैयाँ पाउने मगरले जानकारी दिए ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद २५ हजार रुपैयाँ बराबरको छात्रवृत्ति दिइने र अन्य विधागत उत्कृष्ट हुनेले जनही नगद २ हजार पाउने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगिता सम्पन्न गर्न ४ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । फुटसलका विभिन्न प्रतियोगिता आयोजना भएपनि बिद्यालयस्तरको प्रतियोगिता नभइरहेको अवस्थामा यसबर्ष पनि कार्यक्रमलाई निरन्तरता दिइएको आयोजकको दाबी छ ।
प्रतियोगितालाई केआईइसी इटहरीले प्रयोजन गरेको छ ।