सुनसरी । कोशी पर्यटन बर्षमा घुमौँ पूर्व भन्दै कोशी प्रदेशका पर्यटन तथा होटल व्यवसायीहरु पोखरा पुगेका छन् । 

पर्यटनको राजधानीमा पर्यटन संस्कृति सिक्न तथा कोशी पर्यटन बर्षको प्रवद्र्धन गर्न पोखरा पुगको व्यवसायीहरुले बताएका छन् । 

पोखरामा पर्यटन र पर्यटकीय स्थलहरुको प्रवद्र्धनका विषयमा अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा एक अकर्को प्रदेशको पर्यटकीय स्थलको कसरी प्रवद्र्धन गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको व्यवसायीहरुले बताएका छन् । 

पोखरा पुगेका पूर्वका व्यवसायीहरुले त्यस क्षेत्रका व्यवसायी तथा पर्यटकहरुलाई पर्यटन बर्ष २०८२ मा पूर्व घुम्न आमन्त्रण गरेका छन् ।

विश्वको सर्वोच्च शिखर सगरमाथा देखी होचो भूभाग केचना कवल रहेको, धेरै धार्मिक तिर्थस्थलहरुको अवलोकनका लागि उपयुक्त ठाउँहरु रहेको  जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीका अध्यक्ष तेजबहादुर पुरीले बताए । 

अन्तरक्रिया कार्यक्रममा बोल्दै पोखरा होटल ब्यवसायी संघका अध्यक्ष लक्ष्मण सुवेदिले पर्यटन प्रवद्र्धनमा कोशी प्रदेश र गण्डकी प्रदेश बीच सहकार्य गर्न सकिने बताए ।

pokhara


कोशी र गण्डकीको पोखराका साझा समस्या समाधान गर्न हातेमालो गरेर अगाडी बढ्न सकिने अध्यक्ष सुवेदीले बताए । 

पर्यटन प्रवद्र्धन बर्षेनी पोखरेलीहरु पनि अन्य प्रदेश जाने गरेको बताउँदै अध्यक्ष सुवेदीले यस्तो अभियान सातै प्रदेशमा पुर्याउनुपर्ने बताए । 

कार्यक्रममा बौल्दै नेपाल पर्यटन बोर्डका बरिष्ट निर्देशक हिक्मतसिंह ऐरले भद्रपुर, विराटनगरबाट पोखरा सम्म हवाई सेवा सञ्चालन भए पर्यटकहरु बढ्ने बताए । 

कार्यक्रममा कोशीका पर्यटकीय गन्तव्यहरुको जानकारीमुलक सामाग्रीहरु वितरण गरिएको थियो । 

कार्यक्रम होटल तथा पर्यटन व्यवसायी संघका उपाध्यक्षको अध्यक्षतामा भएको थियो । कार्यक्रमको संयोजन भने केशव गिरीले गरेका थिए । 

pokhara 1