सुनसरी–नेपालको लागि सुजुकी गाडीको आधिकारिक वितरक सिजी मोटोकर्पले इटहरीमा विशेष अफरहरू सार्वजनिक गरेको छ ।
इटहरीमा नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको भवानी शङ्कर एन्ड सन्स मार्फत कम्पनीले असार ५ देखि ९ गतेसम्म टेस्ट ड्राइभ तथा एक्सचेन्ज क्याम्प र असार १५ गतेसम्म विशेष सर्भिस क्याम्प सुरु गरेको जनाएको हो ।
बिहीबार पत्रकार सम्मेलन गर्दै कम्पनीले क्याम्प अवधिभर ग्राहकहरूले सुजकीका विभिन्न मोडेल परीक्षण गर्न, पुराना गाडी साट्न तथा विभिन्न विशेष अफर तथा सेवाहरूको लाभ लिन सक्ने जनाएको हो ।
टेस्ट ड्राइभ तथा एक्सचेन्ज क्याम्पमा सहभागी भई नयाँ गाडी खरिद गर्ने ग्राहकले मोडेल अनुसार २ लाख रुपैयाँसम्मको नगद छुट, १ वर्षको निःशुल्क सवारी बिमा, २ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस, २० हजार रुपैयाँसम्मको रोयल्टी बोनस, साथै सिट कभर, म्युजिक सिस्टम लगायतका विभिन्न एसेसोरीज निःशुल्क प्राप्त गर्न सक्नेछन् ।
क्याम्प अवधिभर अतिरिक्त २० हजार रुपैयाँको नगद छुट पनि प्रदान गरिने कम्पनीका प्रबन्धक निर्देशक मिसन पराजुलीले जानकारी दिए ।
विशेष सर्भिस क्याम्पमा सहभागी हुने सुजुकी गाडीका ग्राहकहरूले निःशुल्क चेकअप तथा कार वास, साथै पाट्र्समा १५ प्रतिशत र लुब्रिकेन्टमा १० प्रतिशत छुट पाउने उनले बताए ।