विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा प्रकरण अहिलेका गृहमन्त्रीसँग मात्रै रिलेटेड नभएको दाबी गरेका छन् । उनले यो प्रकरणमा अहिलेको गृहमन्त्री रमेश लेखक जोडिए पनि यो प्रकरण अहिलेको मात्रै नभएको दाबी गरे ।

विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भिजिट भिसा प्रकरण धेरै पहिलादेखि चल्दै आएको बताए । उनले भने यो बिषय गम्भीर भएकाले छानिबन गर्नु पर्छ भनेका हौ । छानबिन गर्ने प्रतिबद्धता आएपछि हामीले सदन खोल्ने सहमति जनाएका हौ । उनले गम्भीर रूपमा यो बिषय छानबिन गर्न सरकार सहमति भएको समेत दाबी गरे ।

प्रचण्डले सदन खोल्न जनाएको सहमतिका बारेमा कार्यकर्ताले नबुझेर विरोध गरेको बताए । उनले भने नबुझेर विरोध गरेका हुन् । बुझे पछि चुप लाग्छन् । प्रचण्डले यो  सहमतिसँग अरू कुनै कुरा साटफेर भएको भन्ने हल्ला मात्रै भएको बताए । उनले भने यस्ता सहमति यसरी नै हुँदै आएको थियो ।