विराटनगर । आधारभूत तह (कक्षा १ - ३) मा लागू गरिएको पाठ्यक्रममा आधारित विद्यार्थी मूल्याङ्कन प्रणाली सम्बन्धी दुई दिने क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न भएको छ । पोखरिया माध्यमिक विद्यालयको आयोजनामा जेष्ठ २९ र ३० गते भएको कार्यशालामा विराटनगर महानगरपालिका भित्रका १२ विद्यालयका ३४ जना शिक्षक सहभागी थिए। प्रत्येक विद्यालयबाट दुई/दुई जना शिक्षक सहभागी गराइएको थियो भने पाेखरिया माविका ९ जना सहभागी थिए ।
महेश गौतम र शिक्षा विज्ञ नरहरि काेइरालाले कार्यशालामा प्रशिक्षण दिएका थिए । उनीहरूले सहभागी शिक्षकहरूलाई विद्यार्थी मूल्याङ्कनका सैद्धान्तिक पक्ष र व्यवहारिक अभ्याससम्म प्रशिक्षण दिएका थिए।
कार्यशालामा सहभागी शिक्षकहरूकाे तर्फबाट बाेल्दै ज्याेति आधारभुत विद्यालयका शिक्षक भाेजकुमार अधिकारीले दुईदिनसम्मकाे तालिम निक्कै प्रभावकारी भएको बताए । प्रशिक्षणमा पाठ्यक्रम, शिक्षा निर्देशिका, पाेर्टफाेलियाेकाे बिषयहरूमा ज्ञान लिन पाएकामा खुसि ब्यक्त गरे ।
उनले दुईदिनसम्म नेपाली, गणित, सेराेफेराे र अंग्रेजी बिषयमा मुल्यांकन पद्धतिको बारेमा जानकारी प्राप्त भएको बताए ।
जनता नमुना माविकि शिक्षक कल्पना शर्माले तालिमबाट सिकेका ८० प्रतिशत बिषयलाई तत्काल कार्यान्वयन गरेर जान सकिने बताइन । कसरी पढाउने, के के पढाउने, प्रश्नपत्र कसरी बनाउने र मुल्यांकन कसरी गर्ने भन्ने बारेमा जानकारी प्राप्त भएको उनको कथन छ।
पोखरिया माध्यमिक विद्यालयका प्रधानाध्यापक खेम भट्टराईले सिक्ने कुरालाई रिफ्रेसमेन्टकाे रूपमा अघि सारिएकाे बताए । प्रत्येक शैक्षिक सत्रमा विगतमा गरेका अभ्यासलाई थप प्रभावकारी बनाउने बारेमा प्रशिक्षण दिईएकाे बताए । पाठ्यक्रमकाे हार्ड कपी अनिवार्य राख्ने कामकाे थालनी सबै विद्यालयले गर्नु पर्नेमा जाेड दिए । सार्वजनिक विद्यालयकाे गुणस्तर सुधार गर्न सबैले मिलेर साझा खालका उदेश्य बाेकेर अघि बढ्न आग्रह गरे । कार्यक्रममा विराटनगर महानगर पालिकाका शिक्षा अधिकृत कृष्ण भट्टराईले पठ्यक्रम अनुसारका मुल्यांकन पद्धतिलाई कार्यान्वयन सबै विद्यालयले अनिवार्य गर्नु पर्ने बताए ।
कार्यशालामा सहभागिहरूले समूह छलफल, प्रस्तुति, अभ्यास कार्य र प्रश्नोत्तर सत्रमार्फत मूल्याङ्कन प्रणालीलाई अझ स्पष्ट रूपमा बुझ्न पाएका थिए। सहभागी शिक्षकहरूले कार्यशालाबाट प्राप्त ज्ञानले विद्यालयमा विद्यार्थीको सिकाइ प्रगति मापनमा गुणात्मक सुधार ल्याउने विश्वास व्यक्त गरे।