सुनसरी । लेउती खोलामा आएको बाढीले सडक बगाउँदा अवरुद्ध बनेको कोसी राजमार्गको धनकुटामा पर्ने मुलघाट–सिम्सुवा खण्ड अझै सञ्चालनमा आउन सकेको छैन ।
धनकुटाको साँगुरीगढी गाउँपालिका ६ स्थित फेदीमा ५० मिटर कालोपत्रे सडक बगाएको छ ।
सडक बगाएपछि धनकुटा सहित, तेह्रथुम, भोजपुर, संखुवासभाका साथै तमोर करिडोर भएर पाँचथर र ताप्लेजुङ जाने आउँने यातायात र ढुवानी बिहानै देखी अवरुद्ध भएको छ ।
सडक बगाएपछि यातायात र ढुवानीका साधन वारिपारि रोकिएका छन् ।
लेउती खोलाको बाढी नघटेकाले डाइभर्सनका लागि डोजर र स्काभेटर जस्ता उपकरण तत्काल खोलामा पठाउन नसकिएको धनकुटाका प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेलले बताउनुभयो ।
पानी घट्नासाथ डाइभर्सन निर्माणको काम थाल्ने नघटेसम्म सडक पोख्रेलको भनाइ छ । सेना र प्रहरीको टोलीले वारिपारि रहेका सवारीसाधन प्रयोग गरेर यात्रुलाई गन्तव्यमा पठाउन सहजीकरण गरिरहेको छ ।
सडक बगाएपछि अवरुद्ध पैदल मार्ग नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले खुलाएको छ ।
पानी परिरहेकाले डाइभर्सन बनाउन समस्या भइरहेको छ ।
खोलामा पानी घट्ने बित्तिकै डाइभर्सनको काम थाल्ने पोख्रेलले बताउनुभयो ।