सुनसरी । सुनसरी प्रहरीले २०० किलोग्राम गाँजा बरामद गरेको छ । सप्तकोसी नदी हुँदै गाँजा ओसारपसार भइरहेको सूचना पाएपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगर र चतरा प्रहरीको संयुक्त टोलीले आज बिहान साढे २ बजे उक्त गाँजा बरामद गरेको हो ।

सूचनाको आधारमा वराहक्षेत्र नगरपालिका–१ अन्तर्गत सप्तकोसी नदी क्षेत्रमा प्रहरीले निगरानी बढाएको थियो ।

सो क्रममा नदीमा बगिरहेको अवस्थामा दुई वटा ट्युबमा ८ वटा प्लास्टिकको बोरामा प्याक गरिएको २०० केजी गाँजा फेला परेको हो । बरामद गरिएको गाँजा र ट्युब इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।