सुनसरी । पछिल्लो केही समययता सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर ६मा रहेको शंकरबेली ताल सामाजिक सञ्जालमा भाइरल छ ।

वरिपरि ताल, ताल जोड्ने काठका पुल, छेउमै ढकमक्क फूलेको शिरिसको फूलको दृष्य आफैमा आनन्दित छ । यहाँको लोभ लाग्दो दृष्यहरु टिकटक,इस्टाग्राम र फेसबुकको रिल्समा छाइरहेका छन् । 

s 3


s 5


अनि टिकटक र रिल्स हेरेर त्यहाँ रिल्स् बनाउन भिड नै लाग्न थालेको छ । युवाहरु टिकटक र रिल्स बनाउन शंकरबेली ताल पुग्ने गरेका छन् । 

s 4

s 7


प्राकृतिक सौन्दर्यताले भरिपूर्ण यस क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटकीय गन्तव्यको रुपमा विकास भएको छ । 

शंकरबेली वन उपभोक्ता समूहले संरक्षण गरेको यस क्षेत्रलाई प्राकृतिक मनोरञ्जनका लागि घुमफिर गर्ने, बनभोज खान स्थलको रुपमा विकास गरिएको छ । 

s 6