संखुवासभा  प्रहरीको गस्ति टोलीले खाँदवारी ९ तुम्लिङटारको एक होटलबाट तास खेलिरहेका महिला सहित ९ जना जुवाडेलाई शनिवार पक्राउ गरेको छ।

नगद १ लाख १२ हजार सहित उनीहरूलाई प्रहरीले पक्राउ गरेको डिएसपी दक्ष कुमार बस्नेतले बताए ।

प्रहरीका अनुसार तास खेलिरहेका ढोकलबहादुर कार्की, प्रकाशकुमार बस्नेत, फुर लाक्पा शेर्पा, गोमा बोहरा, खगेन्द्र कार्की, विकाश ढकाल, सञ्जीव पोखरेल, सुरेन्द्र श्रेष्ठ र गोपाल कटुवाल पक्राउ परेका हुन्।

व्यावसायिक रूपमा तास खेल्दै र खेलाउँदै आएको गुनासो धेरै पटक आएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।