सुनसरी । सुनसरी जिल्ला क्रिकेट संघले रबिन मण्डलको कप्तानीमा १४ सदस्यीय अन्डर १६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि खेलाडी छनौट गरेको छ ।
संघले बुधवार विज्ञप्ति जारी गर्दै खेलाडीहरूको नाम घोषणा गरेको हो । घोषित खेलाडीहरूमा अफान ताहिर, हार्दिक गोटिया, कविराज खत्री, अब्दुल गफार मन्सुरी, राजु विश्वकर्मा, आर्यन यादव, आदित्य कुमार दास, मुस्ताकिम अन्सारी, सकुशल श्रेष्ठ, अनमोल शाह सोनार, गिरीश भटराई, आर्यन चौधरी र जेशन अहमद रहेका छन् ।
यस्तै वैकल्पिक खेलाडीहरूमा कृगास घिमिरे, महमद फैज अन्सारी, रेहन फजल र दिगम्बर यादव रहेका छन् ।
टिम कोचमा राजकुमार प्रधान र व्यवस्थापकमा महमद मुमताज रहेको सुनसरी जिल्ला क्रिकेट संघका सचिव गोविन्द पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।