सुनसरी - बालबालिकाको शिक्षा र स्वास्थ्यमा क्रियाशील संस्था किवानिज इन्टरनेशनल डिष्ट्रिक्ट नेपालको छैटौँ डिष्ट्रिक्ट कन्भेन्सनको तयारी पुरा भएको छ । इटहरीमा शुक्रवार सुरु हुने डिष्ट्रिक्ट कन्भेन्सनको तयारी पुरा भएको बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले जानकारी गराएको हो । छैटौँ डिष्ट्रिक्ट कन्भेन्सनमा विदेशी सहित ५ सय भन्दा बढी किवानिजहरुको उपस्थिति रहने डिष्ट्रिक्ट गभर्नर तीर्थ कुमार सिंहले जानकारी दिए ।
किवानिज क्लब अफ इटहरीको आयोजनामा हुने कार्यक्रमको उद्घाटन कोसी प्रदेशका मुख्य मन्त्री हिक्मत कार्कीले गर्ने क्लबकी अध्यक्ष मनिता तामाङले जानकारी दिइन । दुई दिनसम्म चल्ने कार्यक्रमले यहाँको पर्यटकीय गतिविधिमा चहल पहल ल्याउने विश्वास गरिएको आयोजकले जनाएको छ । कन्भेन्सनलाई यौटा अवसरका रूपमा लिएको तामाङले बताइन । छ । कोसी प्रदेशमै पहिलो पटक आयोजना हुन गइरहेको कार्यक्रम गर्न पाउनु अवसरको रूपमा लिएको तामाङको भनाई छ ।

‘१३९ क्लब ,२३ सय मेम्बर मध्ये उक्त कन्भेन्सनमा पाँच सय भन्दा बढी किवानिज प्रतिनिधिहरू देश तथा विदेशका विभिन्न भागबाट इटहरीमा एकै पटक आउँदा यहाँको पर्यटनले पनि गति लिने तामाङको दाबी छ । कन्भेन्सनले डिस्ट्रिक्ट भाइस गभर्नर चयन गर्नेछ । सन् १९१५ मा अमेरिकाको मिचिकन डिट्रेट भन्ने सहरमा स्थापना भएको यो संस्थाले १८ वर्षमुनिका बालबालिकाको र शिक्षा र स्वास्थ्यको क्षेत्रमा काम गर्दै आएको छ । नेपालमा सन् २०१६ देखि किवानिज क्लब औपचारिक रूपमा स्थापना भएको हो ।

















