सुनसरी । निरन्तरको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव निरन्तर बढिरहेको छ ।
कोसी ब्यारेज नियन्त्रण कक्षका अनुसार आइतबार बिहान ६ बजे ब्यारेज भएर ३ लाख ४२ हजार ६५ क्युसेक पानी प्रति सेकेन्डका दरले बहाव भइरहेको छ । पानीको बहाव बढ्दै गएपछि ब्यारेजका ४१ वटा ढोका खोलिएको छ ।
सप्तकोसी नदीमा अझै बहाव वढन सक्ने भएकाले नदी आसपासका बस्तीमा सतर्कता अपनाउन सूचना जारी गरिएको छ ।