इटहरी । यस पटकको बाह्र वर्षे पिण्डेश्वर पूर्णमहाकुम्भ मेलामा अन्तिम शाही स्नान सम्पन्न भएको छ । 
बुधवार बिहान ६ बजे अन्तिम शाही स्नानमा जगतगुरु बालसन्त मोहन शरण देवाचार्यको नेतृत्वमा प्रधानमन्त्री कार्यालयमा सचिव अर्जुन पोख्रेल, मन्त्रीपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी, विभिन्न  सन्त महन्त, पीठाधीश, मठाधीश, राज्यका विशिष्ट व्यक्तिहरू र भक्तजनहरूको उपस्थितिमा बराह क्षेत्रस्थित सप्तकोसी नदीमा शाही स्नान गरेका हुन । 
अन्तिम शाही स्नानका लागि ठुलो भीड लागेको थियो । माता तीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन परेकाले पनि बिहानै दर्शनार्थीको ठुलो भीड लागेको थियो । 
sahi snan (11)
पूर्णमहाकुम्भ मेलामा जम्मा चार वटा शाही स्नान राखिएको थियो, त्यसमध्ये बुधवार को शाही स्नान अन्तिम भएकाले स्नानका लागि साधु सन्त तथा भक्तजनहरू अघिल्लै दिन कुम्भ नगरी चतरा धाम तथा बराह क्षेत्र दाममा  पुगेका थिए । 
शुभमुर्हूतमा शाही स्नान गरेमा अमरताको वरदानप्राप्त गर्ने धार्मिक विश्वास रही आएको छ । कुम्भमा नुहाए अक्षय प्राप्ति हुने धार्मिक मान्यता रहेकाले देश विदेशबाट मानिसहरू कुम्भ स्नान गर्न चतरा धाम  तथा बराहक्षेत्र धाम पुग्ने गर्दछन् । 
चतरा धाममा प्रत्येक छ वर्षमा अर्ध कुम्भ र बाह्र वर्षमा पूर्ण कुम्भ लाग्ने गरेको छ ।  यस पटक गएको चैत्र २८ गतेबाट बाह्र वर्षमा पूर्ण कुम्भ सुरु भएको थियो । कुम्भ मेला भोली अर्थात् वैशाख २८ गते विशेष कार्यक्रम गरी समापन गरिने आयोजकले जानकारी दिएको छ ।

sahi snan (4)
sahi snan (10)

 sahi snan (3)

sahi snan (9)

sahi snan (6)

sahi snan (5)