सुनसरी । विराटनगरका रेस्टुरेन्ट व्यवसायी केराबारी गाउँपालिका ९ स्थित धारापानी जंगलमा मृत फेला परेका छन् । विराटनगरमा पिजफायर रेस्टुरेन्ट सञ्चालन गर्दैआएका व्यवसायी मनोज खत्री जंगलमा मृत फेला परेका हुन ।
उनी शुक्रबार घरबाट स्कुटर लिएर निस्किएका थिए । उनको शव शनिबार जंगल भित्र झुण्डिएको अवस्थामा फेला परेको हो । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
लामो समय वैदेशिक रोजगारीमा विभिन्न देशमा काम गरेका खत्री नेपाल फर्किएर रेस्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएका थिए ।
उनको मृत्युको कारण भने खुल्न सकेको छैन ।
प्रहरीका अनुसार शव पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । पोस्टमार्टम रिपोर्ट र घटनासम्बन्धी थप अनुसन्धानपछि मृत्युको कारण तथा घटनाका अन्य तथ्य खुल्ने प्रहरीले जनाएको छ ।











