सुनसरी । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले देवानगञ्ज गोलीकाण्डमा संलग्न दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।
आज सहित परिवारसँग भेटघाट गर्न देवानगञ्ज पुगेका अध्यक्ष यादवले घटनाको निष्पक्ष छानबिन गरी न्यायको प्रत्याभूति गराउन सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।
भेटघाटका क्रममा सहितका परिवारले दोषी माथी कारबाहीको माग गरेका छन् । आफुहरुलाई न्यायको प्रत्याभूति दिलाउनुपर्ने उनीहरुले माग गरेका छन् ।
पार्टीका नेता तथा कार्यकर्ता सहित गोलीकाण्डका सहिद परिवारलाई भेट्न पुगेका अध्यक्ष यादवले सहिदको सालिकमा माल्र्यापण गरेका थिए । अध्यक्ष यादवसँगै जसपा नेपालका सुनसरी जिल्ला अध्यक्ष देवकृष्ण यादव र देवानगञ्ज गाउँपालिकाका अध्यक्ष बेचन मेहता पनि सँगै पुगेका थिए ।











