सुनसरी - डढेलोमा परेर खोटाङमा एक जनाको मृत्यु खोटाङ –डढेलोमा परेर खोटाङमा एक जनाको मृत्यु भएको छ।

रावाबेंसी गाउँपालिका वडा नम्बर–१ स्थित हरमटार–मैन चौर सामुदायिक वनमा लागेको डढेलोमा परि सोही ठाउँका ८५ वर्षीय सिद्धि बहादुर श्रेष्ठको मृत्यु भएको हो ।

हरमटार–मैन चौर सामुदायिक वनको किनारमा बुधवार दिउँसो झिक्रा तथा पातपतिङ्गरमा लागेको आगो निभाउनेक्रममा आगो अनियन्त्रित भई उनको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले जानकारी दिए ।