सुनसरी - सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ३ शिवगञ्ज स्थित सिसौ टोलमा आगलागीहुदा १५ घर जलेर नष्ट भएको छ । स्थानीय जियान्दन मेहताको घरमा विधुत सर्ट भएर सल्केको आगोले १५ घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
मंगलबार दिउँसो मेहताको घरबाट सुरु भएको आगलागीमा रामदेव मेहताको दुई वटा घर सहित स्थानीय ७ परिवारको १५ घर जलेर नष्ट भएको सुनसरी प्रहरीले जनाएको छ ।
aaglagi vokraha
आगलागीमा स्थानीय महेन्द्र मेहताको १० वर्षिय छोरा सामान्य घाइते भएको र उनको इनरुवा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
आगलागीबाट ५० लाख बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । आगो नियन्त्रणमा लिन नेपाल प्रहरी, सशस्त्र प्रहरी स्थानीय बासी र कोसी, देवानगञ्ज, रामधुनी, इनरुवा तथा इटहरी उपमहानगरपालिको सात वटा दमकल परिचालन गरेको थियो ।