सुनसरी । नेपाली राष्ट्रिय महिला फुटबल टिमकी सदस्य रेखा पौडेल र साहयक प्रशिक्षक श्याम मानन्धर गृहनगरमा सम्मानित भएका छन । 

साउदी अरबमा भएको वाफ च्याम्पियनसिपको उपविजेता नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य पौडेल र मानन्धरलाई इटहरी उपमहानगरपालिका र राष्टिय जागृती क्लबले नगद सहित सम्मान गरेको हो ।

 उपमहानगरले पौडेललाई नगद १ लाख १ हजार र मानन्धरलाई ५१ हजार सहित सम्मान गरेको हो । इटहरी उपमहानगरका नगरप्रमुख हेमकर्ण पौडेलले फुटबल खेलको माध्यमबाट इटहरीको मात्र नभई समग्र देशको शिर उच्च राख्न योगदान पुर्याएको भन्दै उनीहरुले नगद सहित सम्मान गरिएको बताए ।

shyam p

 राष्टिय जागृती क्लबले पनि पौडेल र मानन्धरलाई नगद २५ हजार सहित सम्मान गरेको हो । क्लबका अध्यक्ष सन्तबहादुर डुम्जनले उनीहरुलाई नगद सहित सम्मान गरे । मानधर उक्त क्लबको सचिव समेत हुन । 

वाफ च्याम्पियनसिपको फाइनलमा नेपाल जोर्डनसँग पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले पराजित हुदै उपबिजेता भएको थियो ।।