सुनसरी । सुनसरी - रानी-विराटनगर-धरान सडक खण्ड अन्तर्गत इटहरीको खनार चोकमा भएको सवारी दुर्घटनामा काका भतिजको मृत्यु भएको छ ।
 विराटनगरबाट इटहरी तर्फ आउँदै गरेको प्र १-०२-०४१ प ६६१९ न. को मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको प्र १-०२-००१ क ४५७८ न. को ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक मोरङ बेलबारी २३ वर्षीय विपिन दाहाल र मोटरसाइकल पछाडि सवार उनका भतिज ८ वर्षीय अभि दाहालको मृत्यु भएको हो । 
दुर्घटनामा गम्भीर घाइते भएको उनीहरूको उपचारको क्रममा विराटनगर स्थित कोसी अस्पतालमा शुक्रवार साँझ मृत्यु भएको कोसी प्रदेश टाफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ । 
ट्रक चालक इटहरी-२ बस्ने ३० वर्षीय प्रदीप कोइरालालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
                 
                     
                            
                                                             
        





 
        










