विराटनगर । नेपाल भारत उद्योग वाणिज्य संघ कोशी प्रदेश समितिको नवौँ साधारण सभाले मुकेश उपाध्यायको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । 

साधारण सभाले उपाध्यायको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चय गरेको हो । अध्यक्ष चयन भएका उपाध्याय उद्योग संगठन मोरङका पूर्व अध्यक्ष समेत हुन् । 

संघको उपाध्यक्षमा रमेश राठी र यादव पोखरेल, महासचिवमा श्रवण अग्रवाल, कोषाध्यक्षमा जुगल किशोर राठी र सचिवमा महेश पौड्याल चयन भएका हुन्। 

त्यसैगरी कार्यकारिणी सदस्यहरूमा सोमनाथ अधिकारी, सञ्जय अग्रवाल, अरुण खेतान, घनश्याम कावरा र मुकेश राठी चयन भएका छन् । त्यसैगरी मनोनित सदस्यहरूमा श्याम सुन्दर पौड्याल, मुकेश कुमार राठी, विनोद पौड्याल, रामकृष्ण शर्मा र कुमार मणि पोखरेल तथा महिला सदस्यमा गायत्री भण्डारी चयन भएको जनाइएको छ ।

संघका संस्थापक अध्यक्ष ललित कुमार लोहियाको विशेष उपस्थितिमा तिनपैनीस्थित संघको कार्यालयमा साधारण सभा सम्पन्न भएको हो । साधारणसभाले संघका प्रमुख सल्लाहकारमा श्याम पौड्याल, एवं सल्लाहकारमा बेनी गोपाल मुण्दडा, सुरेन्द्र गोल्छा र फुल कुमार लालवानीलाई चयन गरेको जनाइएको छ ।