इटहरी । झापामा खुल्ला महिला तथा पुरुष ‘केपी ओली रन २०८०’ आयोजना गरिने भएको छ । 

नेकपा एमाले निकट नेपाल खेलकुद महासङ्घ कोसी प्रदेशले आगामी फागुन २१ गते झापामा केपी ओली रन आयोजना गर्न लागेको हो । 
आज दमकमा पत्रकार सम्मेलन गर्दै नेपाल खेलकुद महासङ्घ कोसी प्रदेशले प्रतियोगिता बारे जानकारी दिएको हो । 
‘खेलकुद विकासका लागि स्थानीय तह देखि केन्द्रसम्म भौतिक पूर्वाधार, व्यावसायिक र प्रतिस्पर्धी खेलकुद गतिविधि हाम्रो आधार’  भन्ने मूल नाराका प्रतियोगिता आयोजना गर्न लागिएको नेकोसका प्रदेश कमिटी अध्यक्ष राजकुमार थापाले जानकारी दिए ।
 प्रतियोगिताको संयोजक समेत रहेका थापाका अनुसार धावकहरूले बिर्तामोड २, चारपाने बजारबाट दौड प्रारम्भ हुँदै महमाई ५, सुखानी, सहिद पार्क,  इलाम सम्म पुगेर  सम्पन्न हुने छ ।
प्रतियोगिताका महिला तथा पुरुष दुवै तर्फका विजेताले प्रथम पुरस्कार एकाउन्न हजार (५१,०००),द्वितीय पुरस्कार एकतिस हजार  ३१,०००, तृतीय पुरस्कार एक्काइस हजार २१,००० पाउनेछन् । प्रतियोगितामा ८ लाख खर्च हुने आयोजकले जनाएको छ ।