सुनसरी - इटहरीमा शुक्रवार देखी सुरु भएको जुत्ता-चप्पल महोत्सव आगामी २२ गतेसम्म सञ्चालन गर्ने सहमति भएको छ । शनिवार रेडिमेड व्यवसायी संघ इटहरी र महोत्सव आयोजक बिच भएको सहमतिमा आगामी १० दिनसम्म सञ्चालन गर्ने सहमति जुटेको हो । इटहरी उद्योग वाणिज्य संघको पहलमा भएको छलफलमा ३५ दिनसम्म चल्ने तयारी भएको महोत्सव १० दिनसम्म मात्र सञ्चालन गर्ने सहमति भएको आयोजना समितिका संयोजक होमनाथ उपाध्यायले बताए । 
jjjjj
     शुक्रवार इटहरी उपमहानगरपालिकाका नगरप्रमुख हेमकणर् पौडेलले उद्घाटन गर्ने भनिएको महोत्सवले स्थानीय व्यापारीको व्यापारमा असर पुग्ने भन्दै अवरोध गरेपछि उद्घाटन कार्यक्रम स्थगित भएको थियो । आइतबार पुन नगरप्रमुख पौडेलकै प्रमुख आतिथ्यमा उद्घाटन गरिने तयारी भएको आयोजक समितिका संयोजक उपाध्यायले बताए । 
         बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म खुला रहने महोत्सवमा नयाँ नयाँ डिजाइनका आकर्षक जुत्ता-चप्पल सुपथ मूल्यमा उपलब्ध गराइने आयोजकले जनाएको छ । महोत्सव भरी १५ देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था रहने छ । महोत्सवमा नेपालका १० वटा कम्पनीले उत्पादन गरेका १५ भन्दा बढी ब्रान्डका ३ हजारभन्दा बढी मोडल र डिजाइनका जुत्ताहरू उपलब्ध रहेको आयोजकको भनाई छ । 
jj
        यसअघि बुटवल, जनकपुर, बिर्तामोड र काठमाडौँमा ४ पटक महोत्सव सञ्चालन गरिएको उनले जानकारी दिए । अन्त कतै पनि बिना अवरोध सञ्चालन गरिएको महोत्सव इटहरीमा भने स्थानीय व्यापारमा समस्या हुने भन्दै अवरोध गर्न खोज्नु सङ्कुचित मानसिकताको उपज भएको आयोजक समितिका अध्यक्ष एवंम नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य नानीराज घिमिरेले बताए ।