सुनसरी - खाना संस्कृतिको विकास गर्दै, लोपोन्मुख खानाहरूको संरक्षणसँगै प्रवर्द्धन गर्ने उदेश्वको साथ इटहरीमा परम्परागत खाना महोत्सव सुरु भएको छ ।
जिल्ला होटेल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजनामा फागुन ११ गतेसम्म महोत्सव चल्नेछ ।
परम्परागत खाना प्रत्यक्षरुपमा जनजीवन, रीतिरिवाज, चाडपर्व, भूगोल, प्रकृति एवं हावापानीसँग जोडिने हुँदा पर्यटकले खानाको माध्यमबाट स्थानीय जनजीवन झल्किने र यसबाट पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने देखिएकाले महोत्सव आयोजना गरिएको आयोजकको दाबी छ ।
mahotsaw p
इटहरी उपमहानगरपालिकाको प्रमुख संरक्षकत्वमा सुरु महोत्सवमा इटहरीको प्रथम नागरिक थारु सहित यस क्षेत्र तथा आसपासका क्षेत्रमा बसोबास गर्ने नेवारी, धिमाल, राई, लिम्बु, तामाङ, गुरुङ लगायतका जातजातिको खानालाई प्राथमिकता राखिएको कार्यक्रम संयोजक उमेश दाहालले जानकारी दिए ।
महोत्सवले आर्थिक गतिविधिलाई चलायमान बनाई आन्तरिक तथा बाह्य पर्यटक भित्राएर पर्यटन प्रबद्र्धनमा सहयोग पुग्ने आयोजकको विश्वास छ ।
महोत्सवमा खानाका परिकारसँगै गीत/सङ्गीतको समेत भरपुर मनोरञ्जन लिने व्यवस्था समेत मिलाइएको जिल्ला होटेल तथा पर्यटन व्यवसायी संघ सुनसरीका अध्यक्ष तेजबहादुर पुरीले जानकारी दिए ।