विराटनगर । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) मोरङको अध्यक्षमा पुनः अमित ढकाल निर्विरोध निर्वाचित भएका छन् । उदयपुरको त्रियुगा नगरपालिकाको बहेडुवामा शनिवार सम्पन्न भएको सातौँ जिल्ला अधिवेशनबाट ढकाल अध्यक्षमा पुनः निर्विरोध निर्वाचित भएका हुन् । विराटनगरस्थित अर्किड कलेजका अध्यक्ष रहेका ढकाल यसअघि हिसान मोरङको अध्यक्ष भएर एक कार्यकाल पुरा गरिसकेका छन्  ।  नव निर्वाचित अध्यक्ष ढकालले निजी कलेजहरूको विकासमा ध्यान दिने बताए । अहिले पनि राज्यले निजी उच्च माध्यमिक विद्याहरूलाई विभेद गरेको बताए । ‘अहिले सरकारले प्राविधिक विषय अध्ययन गराउन निजीलाई दिएको छैन । त्यस्तो विभेदकारी नीति अन्त्य हुनुपर्दछ,’ उनले भने ।
हिसान मोरङको वरिष्ठ उपाध्यक्षमा पुनः टिएन तिम्सिना निर्वाचित भए ।  उपाध्यक्ष पुनः मोहनकुमार श्रेष्ठ र गोविन्द निरौला, सचिवमा भेषराज नेपाल( भुवन), सह–सचिव भूपेन्द्र दाहाल र कोषाध्यक्षमा  प्रदीप भगत निर्विरोध निर्वाचित भएका छन् । यस्तै सदस्यहरूमा त्रिलोचन गौतम, रोहित थपलिया, वसन्त मादेन, सुजन अधिकारी, राजेश खत्री, गुणानन्द महतो र विजयकुमार माझीलगयात निर्वाचित भएका छन्  ।
हिसान मोरङको सल्लाहकारमा भरत दाहाल, डा. मनोज गुप्ता, ईश्वर रिजाल, दिनेश दाहाल र सकलदेव साहलाई आजै चयन गरिएको निर्वाचित अध्यक्ष ढकालले जानकारी दिए । कार्यक्रममा प्रमुख अतिथि हिसानका केद्रिय उपाध्यक्ष भेषराज पोखेल, केन्द्रिय सदस्य राजेश कार्की, प्रदेश अध्यक्ष ज्ञानबहादुर खडका र प्रदेश सचिव दिपेश बास्तोलालगायतले शुभकामना मन्तब्य ब्यक्त गरेक थिए ।