सुनसरी । सुनसरीको वराहक्षेत्र ५ मा जङ्गली हात्तीको आक्रमणबाट एक जना वृद्धको मृत्यु भएको छ । 
हात्तीको आक्रमणबाट स्थानीय ६९ वर्षीय भीमबहादुर विष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नबीनकृष्ण भण्डारीले जानकारी दिए ।
 बिहान नजिकैको जनजागृति सामुदायिक बनमा घाँस काट्न गएका विष्ट दिउसोसम्म नफर्किएपछि खोजी गर्ने क्रममा हात्तीले कुल्चिएर मृत अवस्थामा भेटिएको भण्डारीले जानकारी दिए । 
घटनास्थलमा २-३ वटाको समूहमा रहेका जङ्गली हात्ती समेत देखिएको प्रहरीले जनाएको छ । 
दुई महिनायता झापाको बाहुनडांगी क्षेत्रबाट नेपाल प्रवेश गरेका हात्तीको बथानले पूर्वी तराइमा ७ जनाको ज्यान लिएको छ ।
                 
                     
                            
                                                             
        





 
        










