सुनसरी । यसै शैक्षिक सत्र देखी मुस्लिम धार्मिक शिक्षातर्फ कक्षा १२ सञ्चालनमा ल्याएको सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाको जामिआ इस्लामियालाई प्रविधिमैत्री बनाउन १० थान कम्प्युटर र एक थान डिजिटल प्यानल बोर्ड हस्तान्तरण गरिएको छ ।
मुस्लिम समुदायको बाहुल्यता रहेको भोक्राहा ४ को इस्लामियाले सरकारबाट इजाजत प्राप्त गरी मुस्लिम धार्मिक शिक्षातर्फको माध्यमिक तहको पठनपाठन सुरु गरेको थियो ।
उक्त विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई प्रविधिमैत्री शिक्षा प्रदान गर्ने उदेश्वले सो सामाग्री हस्तान्तरण गरेको हो ।
अध्यक्ष शैक्षिक सुधार कार्यक्रम अन्तर्गत पहिलो चरणमा १० थान कम्प्युटर र एक थान डिजिटल प्यानल बोर्ड हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष अजमल अख्तर अजादले जानकारी दिए ।
धार्मिक शिक्षातर्फ १२ कक्षासम्म पढाउन अनुमति पाउने पहिलो शैक्षिक संस्था दाबी गरिएको उक्त विद्यालयलाई देशकै नमुना विद्यालय बनाउन गाउँपालिकाले काम सुरु गरिसकेको अध्यक्ष अजादले बताए ।
गाउँपालिकाले अन्य तीन वटा नमुना विद्यालयलाई पनि कम्प्युटर तथा डिजिटल बोर्ड प्रदान गरेको छ ।