सुनसरी । होटल तथा पर्यटन व्यवसायीहरूलाई सङ्गठित गराउँदै विभिन्न गतिविधिमा सक्रिय रहेको जिल्ला होटल तथा पर्यटन व्यवसायी सङ्घ सुनसरीको अध्यक्ष तेजबहादुर पुरी चयन भएका छन् ।
सङ्घको प्रथम साधरणसभा तथा अधिवेशनले संस्थापक अध्यक्ष पुरीको अध्यक्षतामा २२ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो । इटहरीको ताल तलैयामा वनभोज सहित भएको प्रथम साधरणसभा तथा अधिवेशनले वरिष्ठ उपाध्यक्षमा धरानका वासुदेव बराल, उपाध्यक्षहरूमा सुनिल भुसाल, कृष्ण पराजुली, महासचिवमा माधव दाहाल ,सचिवमा भोगेन्द्र थापा,कोषाध्यक्षमा  दुर्गा थापा ,सह कोषाध्यक्ष प्रकाश महतो चयन भएका छन् ।
यस्तै सदस्यहरूमा केशव गिरी, वासुदेव खरेल, भेषराज बराल, सिताराम राई, बाबुराम गिरी, राजु श्रेष्ठ, गोपाल पुरी, बेल बहादुर थापा, रामकाजी गिरी, कुनाल सान्दप लामा, रविन अधिकारी, रमेश श्रेष्ठ, शशी चौधरी, कुल बहादुर कार्की चयन भएका छन् ।
सङ्घको सल्लाहकार दिवस पोखरेल, अनुरोध थापा, रबिन गौतम, मणिन्द्र कटुवाल, गोविन्द थापा, देशबन्धु कार्की, शैलेश विष्ट, कृष्ण शाह, पीताम्बर पोखरेल, धनबहादुर पुरी र ध्रुव ढकाल चयन भएका छन् ।
सङ्घले स्थापनाकाल देखी नै प्रत्येक वर्ष फुड फेष्टिबल तथा बिभन्न सामाजिक कार्य गर्दै आएकोमा यसलाई थप निरन्तरता दिने अध्यक्ष पुरीले जानकारी दिए ।