इटहरी । भारत सरकारले प्याज निर्यातमा प्रतिबन्ध लगाएको छ । प्याजमा ४० प्रतिशत निर्यात कर लगाएको भारत सरकारले अहिले निर्यातमा पूर्ण रोक लगाएको हो । भारत सरकारले तीन महिना अघि डिसेम्बर सम्म भन्दै ४० प्रतिशत निर्यात कर लगाएको थियो । तर अहिले पुर्ण प्रतिबन्ध लगाएको हो । 

भारतको वाणिज्य एवं उद्योग मन्त्रालयअन्तर्गतको विदेश व्यापार महानिर्देशनलायले सन् २०२४ को मार्च ३१ सम्मका लागि प्याजको निर्यातमा रोक लगाएको हो ।

 अन्य मुलुकका सरकारको आग्रह बमोजिम सरकारले अनुमति दिएमा भने प्याज निर्यात हुन सक्ने पनि महानिर्देशनलायको सूचनामा उल्लेख छ ।

भारतबाट प्याज आयात नभए नेपाली बजारमा अभाव हुने देखिएको छ । यस अघि पनि सरकारले बजेटमार्फत आयातित प्याज र आलुमा मात्रै भ्याट लगाउने बताएको थियो । जसले नेपाली बजारमा प्याजको कारोबारमा असर परेको थियो ।।