विराटनगर  । नेकपा एमालेले पुष्पलाल मध्यपहाडि लोक मार्ग केन्द्रित झुला घाट चिवाभञ्ज्याङ्ग समृद्धिका लागि सङ्कल्प यात्रा सुरु गरेको छ । मध्य पहाडको समस्या पहिचान, बसाई सराई रोकथामका उपाय र मध्य पहाडको समृद्धिका आधारहरू पहिचान गर्नका लागि सङ्कल्प यात्रा सुरु गरेको एमालेले जनाएको छ । बैतडीको झुला घाटबाट सुरु भएको सङ्कल्प यात्रा यही मङ्सिर २६ गते कोशी प्रदेशमा प्रवेश गर्ने छ । एमालेको सङ्कल्प यात्रालाई लिएर प्रदेशको नामकरण पछि असन्तुष्ट भएका पहिचानवादीहरूले यात्रालाई अवरोध गर्ने गरिको बन्द हडतालका कार्यक्रम सार्वजनिक गरेका छन् । प्रदेश नम्बर १ पुन नामकरण संयुत्तः सङ्घर्ष समितिले एमालेको सङ्कल्प यत्रालाई रोक्ने चेतावनी दिइरहँदा एमाले कोशी प्रदेशले चाहिँ सङ्कल्प यात्राको तयारी कसरी गरेको छ ? नेकपा एमाले कोशी प्रदेशका अध्यक्ष घनश्याम खतिवडासँग कुराकानी 

एमालेले समृद्धिका लागि भन्दै यहाँहरूले पुष्पलाल मध्यपछाडि लोक मार्ग केन्द्रित झुला घाट चिवाभञ्ज्याङग समृद्धिका लागि सङ्कल्प यात्रा सुरु गरेको छ । कोशी प्रदेशमा चाहिँ यात्रा कसरी बढ्ने छ ? 

मङ्सिर १४ गतेबाट समृद्धिका लागि सङ्कल्प यात्रा झुला घाटबाट सुरु गरेका छौ । त्यो अनवरत रूपमा अगाडि बढिरहेको छ । कोशी प्रदेशको घुर्मीमा यो यात्रा मङ्सिर २६ गते बिहान आइपुग्ने छ । जस अनुसार हामी उदयपुरको घुर्मीमा सङ्कल्प यात्रालाई मङ्सिर २६ गते ११ बजे स्वागत गर्ने कार्य तालिका रहेको छ । त्यसै दिन ओखलढुङ्गा उदयपुर सोलुखुम्बु र खोटाङको व्यवस्थापनमा घुर्मीको टोक्सेलमा आम सभा गर्दे छौ । त्यो जनसभामा उदयपुर खोटाङ ओखलढुङ्गा र सोलुखुम्बुबाट सहभागी हुन आउने छन् । त्यो यात्रामा सहभागी त्यस दिन खोटाङको दिक्तेल बजारमा बस्ने छन् । २७ गते बिहान खोटाङमा कोण सभा हुने छ । २७ गते भोजपुर र खोटाङको सिमाना चखेवामा आइपुग्ने छ । चखेवामा भोजपुरका नेता तथा कार्यकर्ताहरूले स्वागत गर्ने छन् । त्यो दिन भोजपुरका नेता तथा कार्यकर्ताहरूले अन्नपूर्ण लगायतका क्षेत्रमा कार्यक्रम हुने छन् । यी सबै कार्यक्रम मध्यपछाडि मार्ग केन्द्रित हुने छन् र त्यो यात्रा ३ बजे भोजपुर बजारमा आइपुग्ने छ । यात्राका क्रममा त्यहाँका उद्योगी व्यवसायीका समस्या सुन्ने छौ  आम सर्वसाधारणका गुनासाहरू सुन्ने छौ । समस्याहरूको पहिचान गरी सम्बोधनका लागि योजना र खाका निर्माण गर्ने छौ । जनताका जीवन स्तर कस्तो छ ? बसाई सराइको दर तीव्र छ यसलाई कसरी रोक्न सकिन्छ भन्ने बारेमा हामी छलफल गर्ने छौ । थप विकास निर्माणका योजना के लान सकिन्छ भनेर अन्तरक्रिया गदै त्यो यात्रा त्यस दिन भोजपुरमा स्थगित हुने छ । हामी यो यात्राका क्रममा पहाडको समृद्धि के मा छ भनेर चिवा भञ्ज्याङ्ग सम्म खोज अनुसन्धान गर्ने छौ । 

https://www.youtube.com/watch?v=XnPITBT1eXY

यसका लागि के तयारी भइरहेको छ ? 

हामीले यात्रामा सहभागीहरूलाई कहाँ कहाँ राख्न सकिन्छ ? कार्यक्रमहरू कसरी गर्ने ? को को सँग भेट्ने भन्ने तयारीका बारेमा नेकपा एमाले कोशी प्रदेशले तयारी गरिरहेको छ । भोजपुरबाट २८ गते बिहान पौवादुम्वा गाविस तिवारी भञ्ज्यांगमा भेटघाट कार्यक्रम गर्ने छौ । जनताहरूलाई बाटोमा निस्कन र स्वागत गर्न आव्हान गरेका छौ । २८ गते बिहान १० बजे हामी धनकुटाको पख्रिबास आइपुग्ने छौ । सोही दिन हामी तेह्रथुमको वसन्तपुरमा आम सभा गर्ने छौ । आमसभामा सङ्खुवासभा, तेह्रथुम, धनकुटा सुनसरी र मोरङ समेतको सहभागिता हुने छ । त्यो दिनको बास वसन्तपुरमा हुने छ । २९ गते वसन्तपुरको म्यांगलुंग हुँदै सङ्क्रान्ति बजारमा यात्रा पुग्ने छ । त्यहाँ कोण सभा गर्दै आठराईमा यात्रा बास बस्ने छ  । भोलीपल्ट फिदिममा आमा सभा राखिएको छ । सो सभामा ताप्लेजुङ,इलाम, पाँचथर र झापाबाट सहभागी हुने छन् । यो सभा लोक मार्ग केन्द्रित अन्तिम जनसभा हुने छ । सो दिन यात्रामा सहभागीहरू फिदिममै बस्ने छन् । भोलीपल्ट पुस १ गते जोर पोखरी हुँदै च्याङगथापुमा सङ्कल्प यात्रा पुग्ने छ । च्यांगथापुमा ताप्लेजुङका नेता तथा कार्यकर्ताहरूले भेटघाटको कार्यक्रम राखेका छन् । याङबारक कमिटीले सो कार्यक्रम आयोजना गरिएको छ । त्यो कार्यक्रम सकिएपछि नेपाल र सिक्किमको सिमाना चिवा भञ्ज्यागमा यात्रा पुग्ने छ । त्यहाँ नेकपा स्थापना भएको ७५ वर्ष पुगेको अवसरमा चिवा भञ्ज्यांगमा स्तम्भ राख्ने तयारी छ । त्यहाँ पार्क निर्माण गरी नेकपाका संस्थापक पुष्पलालको सालिक बनाउने एमालेको योजना छ । सो योजना अनुसार त्यहाँ सालिक  र पार्कको शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । चिवा भञ्ज्यांग पुष्पलाल मध्यपछाडि मार्गको सुरुवात बिन्दु भएकाले पुष्पलालको सालिक निर्माण गर्नका लागि शिलान्यास गरेर यो यात्राको अन्त्य गर्ने योजना प्रदेश कमिटीले बनाएको छ । 

अभियानमा कति नेता कार्यकर्ता सहभागी हुन्छन् ? 

हामीले मध्यहाडि पुष्पलाल लोक मार्ग आसपासका जनतालाई नै यो अभियानमा सहभागी गराउने छौ । यो कार्यक्रमको आधार पनि यही हो । यसका अतिरिक्त सभाहरूमा भने यस प्रदेशका नेता तथा कार्यकर्ता सहभागी हुने छन् । घुर्मीको सभामा उदयपुर, खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बुबाट सहभागिता हुने छ । बसन्तुरको सभामा सङ्खुवासभा, धनकुटा तेह्थमु, सुनसरी र मोरङबाट सहभागिता हुने छ । फिदिमको सभामा भने ताप्लेजुङ, पाँचथर, इलाम र झापाबाट पनि सहभागिता हुने छ । यी बाहेक अन्यत्र भएका कोण सभा र भेटघाटमा भने त्यहीका आम सर्वसाधारण र कार्यकर्ताको सहभागिता हुने छ । 

नेकपा एमालेले यो यात्रा सुरु गरेसँगै कोशी प्रदेशमा भने पहिचानवादीहरूले यात्रालाई अवरोध गर्ने गरिएका कार्यक्रमहरू सार्वजनिक गरेका छन् । बन्दको कार्यक्रम समेत घोषणा भएको छ । यसलाई कसरी हेर्नु भएको छ ? 

नेकपा एमाले लोकतन्त्रमा विश्वास गर्ने र लोकतन्त्रमा आधारित पार्टी हो । लोकतन्त्रमा आफ्ना अभिव्यत्ती  सबैले राख्न र दिन पाउँछन् । संविधान र कानुन संवत् ढङ्गले आफ्ना अभिव्यत्ती  दिन पाइन्छ । यी कुरालाई नेकपा एमालेले सहज रूपमै लिएको छ । तर कसैको सभा सम्मेलन भाँडदिन्छम् । ढुङ्गा हान्छौ । बिथोल्दिन्छौ भन्न लोकतन्त्रमा भन्न पाइन्न । यो गलत कुरा । यस्ता कुराको पछि नेकपा एमाले लाग्दैन । हाम्रो कार्यक्रम पूर्व निर्धारित हो । हामीले दुई महिना अगाडि यो कार्यक्रमको बारेमा जानकारी गराएका छौ । यसलाई सरकारले पनि शान्ति सुरक्षा प्रदान गर्ला । नेकपा एमाले आफैमा पनि हाम्रो कार्यक्रम सफल बनाउन सक्षम छ । हामीले आत्मागत शक्ति र स्वयंसेवक पनि राम्रै ढङ्गले परिचालन गर्छौ । हामी कसैसँग पनि निहुँ खोज्न चलाउन गएका छैनौ । हामीले हाम्रा कार्यक्रम राखेका हौ । हामीले कसैलाई चलाउन जिस्काउन कार्यक्रम राखेको पनि होइन  हाम्रो लक्ष्य पनि होइन । नेकपा एमालेको कार्यक्रम बिथोल्न, अवरोध गर्न कोही आउँछ भने तगारो बन्छ भने त्यसलाई पन्छाएर हिँड्न नेकपा एमाले सक्षम छ । हामीलाई तगारो हटाउन राम्रोसँग आउँछ । हामी संवैधानिक कानुनी राज्यभित्र छौ । संवैधानिक र कानुनी राज्यभित्र अर्काको कार्यक्रम भाँड्न आउने कुरा गलत हो । बलपूर्वक आउने बिथोल्न आउने कुरा अत्यन्त  गलत भए पनि हामी वार्ता संवादका लागि पनि तयार छौ । यात्राकै क्रममा पनि असन्तुष्टिका बारेमा छलफल गर्न कुराकानी गर्न र समस्या समाधान गर्न तयार छौ । लोकतान्त्रिक मूल्य मान्यताका आधारमा आफ्ना विरोधका कार्यक्रम राख्न असन्तुष्ट समूहसँग आग्रह गर्दछौ । नेपालको संविधान सबैले मानेका छौ । त्यही संविधान भित्रबाट आफ्ना हक अधिकार खोज्न पनि हामी आग्रह गर्दछौ संविधान र कानुनबाटै समस्याको निकास खोजौँ । वार्ता संवादबाट समस्याको हल खोज्न तयार छौ । 

यहाँ र यहाँको पार्टीलाई थाहा छ । प्रदेशको नाम कोशी राखिएपछि कोशी नामको पक्षमा मतदान गर्ने प्रदेश सभा सदस्यहरूलाई प्रवेश निषेध लगायतका आन्दोलनका कार्यक्रम सार्वजनिक भएका छन् । आन्दोलन चलिरहेको छ । यो थाहा पाउँदा पाउँदै पनि एमालेले जोरी खोज्ने हिसाबले यो कार्यक्रम राख्यो भन्नेहरू पनि छन् नि ? 

यो सर्वथा गलत कुरा हो । ८६ जना प्रदेश सभा सदस्यहरू अहिले पनि आफ्नो कर्मथलोमा गएर काम गरिरहेका छन् । निर्वाचन क्षेत्रमा, जिल्लामा उहाँहरू गइरहनु भएकै छ । खटिइरहनु भएकै छ । प्रदेश सभा सदस्यहरूले  जे नाम राख्नु भयो त्यो प्रक्रियाबाटै नाम राख्नु भएको हो । त्यो प्रक्रियाबाटै समस्याको समाधान खोज्न म आन्दोलनरत पक्षसँग आग्रह गर्दछु । प्रक्रिया मिचेर जबरजस्ती प्रदेशको नामकरण भएको होइन  । उहाँहरूलाई प्रक्रियाबाट प्रदेशको नाम फेर्न नेकपा एमाले आग्रह गर्दछ । हामी प्रक्रियाबाट नाम फेर्ने कुरामा असहयोगी छैनौ । सहयोग गर्छौ । तर विधि र प्रक्रियाबाट राखिएको नामलाई लिएर विधि र कानुन मिच्न खोज्नेहरूलाई एमाले चुप लागेर आफ्ना कार्यक्रम र गतिविधि नै गर्नु हुँदैन भन्ने पक्षमा छैन । लोकतन्त्रमा विश्वास गर्नेहरूले लोकतान्त्रिक पद्धतिबाटै प्रदेशको नाम फेर्न म फेरी पनि आग्रह गर्दछु । अहिले बेकारमा नेकपा एमालेले आफ्ना गतिविधि र कार्यक्रमहरू अगाडि बढाइरहँदा नेकपा एमाले चरम विरोधी तत्त्वहरूले यहाँ घुसपैठ गरेका छन् भन्ने एमालेको विश्लेषण छ । अहिले नेकपा एमालेका चरम विरोधीहरूले आफ्नो हक अधिकार खोज्ने समुदायलाई दिग्भ्रमित पार्ने काम गरेका छन् । यस तर्फ सचेत रहन सवैमा म आग्रह गर्दछु । 

नेकपा एमालेको कार्यक्रम भाँड्न आउने ढुङ्गा हान्न आउने त्यो चरम नेकपा एमाले विरोधी काम हो । प्रदेश सभा सदस्यलाई कालोमसो दल्ने कुनै लोकतान्त्रिक कुरा हो र ? त्यो सांसदलाई अर्को पटक चुनावमा हराए भयो नि । जित्न नदिए भयो नि । मुद्दा उठान गरेर जाने, जनतासँग अपिल गर्ने जनताको व्यालेट माथि विश्वास गरेर सबै जानु पर्छ । त्यो कानुनी र संवैधानिक पाटो हुँदा हुँदै यहाँ पस्न दिँदैनौ कालोमसो दल्छौ भन्न पाइन्न । काटिदिन्छौ । मारिदिन्छौ भन्नु यो लोकतान्त्रिक कुरा होइन । यो सुहाउने कुरा होइन । यस्ता कुराको पछि नेकपा एमाले लाग्दैन ।