इटहरी । सुनसरीको धरानमा ३ वटा बस दुर्घटना भएको छ । शैक्षिक अवलोकन भ्रमणमा आएको बस धरान १३ स्थित अमरहाट क्षेत्रमा दुर्घटना भएको हो । दुर्घटनामा २१ जना विद्यार्थी घाईते भएका छन् ।

 स्याङ्जा, नवलपुर र म्याग्दी जिल्लाबाट शैक्षिक अवलोकन भ्रमणमा आएका बस दुर्घटनामा परेका हुन । 

शैक्षिक भ्रमणमा आएको सु.प. २००१ख ११०८ नं. को बसको ब्रेकफेल भएर अरु २ वटा बसलाई ठक्कर दिएको थियो । ब्रेकफेल भएपछि अनियन्त्रीत भएको बसले  ग२ख १५१३ नम्बरको बस र  १५८३ नम्बरको बसलाई ठक्कर दिएको थियो । 

बसहरु नमस्ते झरना र भेडेटार घुमेर फर्कीएको जनाईएको छ । 

दुर्घटनामा घाईते विद्यार्थीहरुलाई उपचारका लागि विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको छ । 

दुर्घटना भएका ३ वटै बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।