विराटनगर । मेटलाईफ नेपालले सामाजिक उत्तरदायित्व अन्तर्गत भोजपुर बहुमुखी क्याम्पसलाई ३ थान प्रोजेक्टर प्रदान गरेको छ ।
मेटलाईफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले क्याम्पस प्रमुख भुलानाथ राईलाई स्ट्याण्ड सहित ३ थान प्रोजेक्टर हस्तान्तरण गरेका हुन  । विद्यार्थीहरूलाई प्रविधि मैत्री बनाउँदै डिजिटल माध्यमबाट पठन पाठनकालागि सजिलो होस् भन्ने उद्देश्यले प्रोजेक्टर प्रदान गरिएको मेटलाईफ नेपालका उपाध्यक्ष तथा महाप्रबन्धक निर्मल काजी श्रेष्ठले बताए ।
प्रोजेक्टर हस्तान्तरण कार्यक्रममा श्रेष्ठले मेटलाईफ फाउन्डेसनले सामाजिक विकासकालागि गरिब , विपन्न तथा सिमान्तकृत समुदाय र क्षेत्रमा सहयोग पुर्‍याउँदै आएको बताए।
प्रोजेक्टर हस्तान्तरण कार्यक्रममा क्याम्पस प्रमुख भुलानाथ राईले  विद्यार्थीलाई प्रभावकारी ढङ्गले अध्ययन अध्यापन गर्न तिर्खाएको बेलामा केही हदसम्म प्यास मेट्न सहयोग गरेको मा मेटलाईफ नेपाल प्रति आभार प्रकट गरे ।
कार्यक्रममा मेटलाईफ नेपालका सहायक उपाध्यक्ष तथा चिफ डिष्ट्रिब्युसन अफिसर अरुण बहादुर बस्नेत , मेटलाईफ नेपालका एजेन्सी डाइरेक्टर अनिन्द्र राज श्रेष्ठ , मेटलाईफ नेपालका कोशी प्रदेश प्रमुख रितेन्द्र कार्की लगायत क्याम्पसका प्राध्यापक र विद्यार्थीहरूको समेतको  सहभागिता रहेको थियो ।