इटहरी । भिभो मोबाइल ब्रान्डले नवीन विशेषता सहित आकर्षक स्मार्टफोनहरू बजारमा ल्याएको छ । पछिल्लो समय ६ प्लस १२८ जिबी स्टोरेज भएको वाई १७ एस १६ हजार ९९९ मा बजारमा ल्याएको हो ।

 पाँच हजार एमएच ब्याट्री ब्याक अप रहेको मोबाइल मुख्यतः स्ट्रिमिङ वा गेमिङका उपयुक्त मानिएको छ ।

चलन चल्तीका डिजाइनमा उत्कृष्ट क्यामेरा र सुविधा सम्पन्न फिचर भएको भिभो वाई सिरिजका मोबाइलहरू बजारमा राम्रो खपत भइरहेका छन् । सोही क्रममा नयाँ स्मार्टफोन भिभो वाई १७ एस सार्वजनिक भएको हो ।

सस्तो मोबाइलका प्रयोगकर्तालाई मध्यनजर गर्दै आकर्षण फिचर सहितको वाइ १७ एसको बिक्री सुरु भएको छ । दुइवटा क्यामेरा रहेको यस फोनको कार्यक्षमता प्रभावकारी रहेको भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माइकलले जानकारी दिए ।

उनका अनुसार फोन चलाउँदा आनन्द आउने फिचर प्रयोग गरिएको छ । भिभो वाई १७ एसका ग्लिटर पर्पल र फरेस्ट ग्रिन रङका फोन उपलब्ध रहेको उनले बताए । उनले भने “भिभो वाई १७ एसले स्मार्टफोन बजारमा उत्कृष्टताका लागि नयाँ मापदण्डहरू स्थापना गर्दै नयाँपन सुरु गरेको छ । आकर्षक डिजाइन, उत्कृष्ट क्यामेरा, स्मुथ स्क्रिन लगायत विशेषताहरूले गर्दा स्मार्टफोन प्रयोगकर्ताले छुट्टै महसुस गर्नेछन् ।”

भिभो वाई १७ एस को क्यामेरा उच्च क्षमता रहेको र अल्ट्रा–क्लियर तस्बिरहरू खिच्न सकिने उनले प्रष्ट पारे । ५० मेघापिक्सलको प्रोटे«ट र ८ मेघापिक्सल फ्रन्ट क्यामेरा रहेको फोनबाट प्रत्येक फोटो कलात्मक बनाउन सकिने उनको भनाइ छ ।

सक्दो धेरै एप्लीकेसनहरु चलाउनको लागि पर्याप्त स्टोरेज उपलब्ध रहेको यस मोबाइलमा धुलो र पानीबाट हत्तपत्त नबिग्रिने गरी प्रबन्ध मिलाइएको छ । उच्चस्तरको स्क्रिन रहेकाले उज्यालो ठाउँमा चलाउन समेत वाइ १७ एस उपयुक्त हुने देखिएको छ ।