विराटनगर । विराटनगरमा रहेको जनपथ माध्यमिक विद्यालयको अध्यक्षमा रोहित कोइराला चयन भएका छन् ।  विराटनगर महानगरपालिका वाड नम्बर ११ मा रहेको जनपथ मावि व्यवस्थापन समितिको अध्यक्षमा उनी दोस्रो कार्यकालका लागि चयन भएका हुन् । आर्थिक अवस्था कमजोर रहेका बालबालिका अध्ययन गर्ने यस विद्यालयलाई सुधार गर्नको लागि उनले पहिलो कार्यकालमा राम्रो काम गरेको भन्दै अभिभावकको भेलाले समितिको अध्यक्षमा कोइरालालाई चयन गरेको हो ।   अल्पसङ्ख्यक र पछाडि पारिएका समुदायका विद्यार्थीहरू अध्ययन गर्ने जनपथ माविमा हाल १३५० विद्यार्थी रहेका छन्  ।   पहिलो कार्यकालमा भौतिक पूर्वाधार र शैक्षिक सुधारको काम गरेको बताएका कोइरालाले  प्रशस्त काम गरेको बताएका छन् ।   पहिलो कार्यकालमा  भौतिक पूर्वाधारको क्षेत्रमा काम गर्न सफल भएको कोइरालाले बताए ।