इटहरी । क्युएफएक्स सिनेमा इटहरीमा विस्तार भएको छ । कोसी प्रदेशमा तेस्रो सहरको रूपमा इटहरीमा क्युएफएक्स सिनेमाले सेवा दिने भएको हो । 
इटहरीको सेन्ट्रल प्लाजामा सञ्चालित सिनेफ्लेक्सको व्यवस्थापकीय नेतृत्व गर्दै क्युएफएक्स सिनेमाले सेवा दिने भएको छ ।
 श्रेष्ठ इन्टरटेनमेन्ट एन्ड हस्पिटालीटी प्राली द्वारा सञ्चालित आर एस सिनेफ्लेक्समा अब टिम क्वेष्ट प्रा ली को क्युएफएक्सले गर्नेछ । 
आजबाट प्रदर्शनमा आएको भारतीय चलचित्र जवानको विशेष सो सञ्चालन गर्दै क्युएफएक्स सिनेमाले यस बारेमा जानकारी दिएको हो । 
इटहरी व्यापारिक, सृजनशीलता र मनोरञ्जनका क्षेत्रको केन्द्र भएकाले क्युएफएक्स आकर्षित भएको बताइएको छ । नेपालभर १२ स्थानमा क्युएफएक्सले व्यवस्थापकीय नेतृत्व गर्दै सेवा दिइरहेको टिम क्वेष्टकी महाप्रबन्धक प्रशंसा पाण्डेले जानकारी दिइन् । 
प्रदेश १ को विराटनगर र बिर्तामोड पछि इटहरीमा क्युएफएक्सले व्यवस्थापन गर्ने भएको हो । अत्याधुनिक प्रविधि, भौतिक पूर्वाधार र स्तरीय सिनेमा हेर्न वातावरण मिलाइने टिम क्वेष्टकी महाप्रबन्धक प्रशंसा पाण्डेले बताइन् । स्तरीय खाना, दर्शकले पाउने सेवा र कर्मचारीको व्यवहारले दर्शकलाई आकर्षित गरिने उनको भनाई छ ।
इटहरीमा विगत ६ वर्षदेखि सञ्चालनमा रहेको सिनेफ्लेक्समा दुई वटा हल छन् । अब क्युएफएक्सको मोबाइल एप तथा अनलाइनबाट पनि टिकट काट्न सकिने जनाइएको छ ।।