इटहरी । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले कृषि क्षेत्रको विकासका लागि प्रदेशस्तरीय कार्यालय खोलेको छ ।

 लिमिटेडले कृषक, उपभोक्ता, व्यवसायिक साझेदार, सेवाग्राहीहरुलाई देशव्यापी रुपमा उच्चस्तरीय र दिगो सेवा प्रदान गर्ने अभिप्रायले प्रदेशस्तरीय शाखा खोलेको हो । जसमा कोशी प्रदेशको इटहरीसहित  मधेश प्रदेशको बर्दिवास, वागमतीको काठमाडौ,  लुम्विनीको बुटवल, कर्णलीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा प्रदेशस्तरीय कार्यालय खुलेका हुन् । 

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको स्याङ्जा र चितवनमा फार्म उत्कृष्टता केन्द्र रहेको छ । लिमिटेडमार्फत कृषिमा लगानी प्रवद्र्धनका लागि कृषि व्यवसाय परामर्श केन्द्र, कृषकहरुलाई दैनिक सेवाको लागि कृषकसँग मुक्तिनाथ कल सेन्टर, आर्टिफिसियल इन्टेलिजेन्समा आधारित मुक्तिनाथ एपलगायतका सेवा रहेका छन् । 

प्रदेशस्तरीय कार्यालयको  कृषि तथा पशुपंन्छी विकास मन्त्री डा.वेदुराम भुसाल डिजिटलमार्फत उद्घाटन गरेका थिए । कार्यक्रम मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा भएको थियो ।