इटहरी । सिटी बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा विष्णु शर्मा चयन भएकी छिन् । शनिवार संस्थाको २२ औँ साधारण सभाले शर्माको अध्यक्षमा नयाँ कार्यसमिति चयन गरेको हो । 
संस्थाको उपाध्यक्षमा गंगा पौडेल, सचिव योगा पौडेल, कोषाध्यक्षमा सुशील रेग्मी चयन भएका छन् । यस्तै गणेश प्रसाद निरौला सहितका अन्य सम्पूर्ण सदस्यहरू निर्विरोध चयन भएका हुन । 
साधारण सभामा साहित्यकार वियोग सापकोटालाई सम्मान गरिएको छ । साहित्य क्षेत्रमा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै सापकोटालाई सम्मान गरिएको हो । 
संस्थाले वार्षिक साधारण सभामा उत्कृष्ट बचतकर्ता, ऋणी,शेयर सदस्य,ज्येष्ठ सदस्यलाई पनि सम्मान गरिएको थियो । यस्तै संस्थाका शेयर सदस्यका एसइई र प्लस टु पास गर्ने छोराछोरीहरूलाई पनि  सम्मान गरिएको थियो । 
सिटी सहकारी इटहरीका उत्कृष्ट सहकारी मध्येमा पर्दछ । यसै वर्ष इटहरी उपमहानगरपालिकाले राम्रो काम गरेको भन्दै उत्कृष्ट सहकारीको अवार्ड प्रदान गरेको थियो ।